काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २० हजार ७५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ५१ सहित देशका विभिन्न जिल्लाका ४१८ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ३५८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १४ हजार ९६१ पुगेको छ ।
कोरोनाका कारण हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।