पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अब नयाँ मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

 

यस्तै, निगमले डिजेल र मट्टितेलको मूल्यमा समान १.५० रुपैयाँले वृद्धि गरेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।

 

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

 

निगमले हालको मूल्य समायोजनपछि पनि भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको शहर विरगञ्जमा पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ आठ पैसा र डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ६९ पैसा नेपालतर्फ सस्तो रहेको छ।

 

नेपालतर्फ पेट्रोलियम पदार्थ सस्तो हुँदा अनाधिकृत रुपमा भारततर्फ तस्करी समेत हुने गरेको छ।

 

निगमले यसअघि भने जुलाई १६ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने भएपनि उपभोक्ताको हितलाई हेरेर मूल्य वृद्धि नगरेको समेत स्मरण गरेको छ।

शाओमीको रेडमी नोट ९ सिरिज नेपाली बजारमा Read Previous

शाओमीको रेडमी नोट ९ सिरिज नेपाली बजारमा

सेयर किन्न सस्तो ब्याजमा ऋण दिन बैंकहरुको तछाडमछाड, कुन बैंकको ब्याज कति Read Next

सेयर किन्न सस्तो ब्याजमा ऋण दिन बैंकहरुको तछाडमछाड, कुन बैंकको ब्याज कति