‘अब देशमै छ रोजगारी’ अभियान शुरु
चाणक्य पोष्ट
प्रकाशित : 4:57 pm, शुक्रबार, साउन १६, २०७७

काठमाडौं । ‘अब देशमै छ रोजगारी’ अभियान शुरु भएको छ । बिहीबार एक भर्चुअल कार्यक्रम गर्दै डा. युवराज खतिवडा, अर्थमन्त्रीले उद्योगपतिहरु, स्किलिंग इकोसिस्टम सरोकारवालाहरु, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिहरुको भेलाका बीच उक्त अभियान सार्वजनिक गरेका हुन् ।

 

रोजगारी सर्भिस प्रा.लि. र युकेएड स्किल फर इम्प्लोइमेन्ट प्रोग्राम (सीप) को पहलमा विदेशबाट फर्किएका र अन्य आर्थिक रुपले वञ्चित, समाजिक बहिष्कृत समूहहरुको जीवनयापन आवश्यकताहरुको प्रतिकृया दिन यो अभियान थालिएको हो ।

 

यी संस्थाले नवीनता, गुणस्तरीय प्रशिक्षण, रोजगारी र उद्यम स्टार्ट अप सेवालाई फैलाएर तथा विस्तार गरेर तथा सरोकारवालाको दायरा भित्र र बीच मजबुद सहकार्य गरी उद्यमशीलता वृद्धि र माइग्रेसनको लाभलाई अनुकूल गर्दै उद्योग र आर्थिक वृद्धि सक्षम बनाउनका लागि काम गरिरहेका छन् ।

 

अभियानको लोगो र नारा सार्वजनिक गर्दै मन्त्री खतिवडाले यो अभियान मार्फत बजार नेतृत्व स्किलिंग पहलहरुले गति लिन पाउँने र सफलतापूर्वक सरकार, निजी क्षेत्र, नागरिक समाज, स्किलिंग पार्टनर, मिडिया र हाम्रा विकास पार्टनरबीच परिकल्पना गरिएको सहकार्य निमार्ण गर्ने बताए ।

 

उनले भने, ‘रोजगारी सृजना र उद्यमशील वर्गको निर्माण महत्वपूर्ण छ र सरकारले स्मार्ट प्रोत्साहन र बजारमैत्री नीतिहरु ल्याइरहेको छ जसले उज्जवल आर्थिक भविष्यलाई सक्षम बनाउन मद्दत गर्नेछ ।’

 

कोभिड-१९ महामारीका कारण रोजगारी गुमाएर अर्को वर्ष मात्र लगभग ७ लाख नेपाली कामदार विदेशबाट फर्किने अनुमान गरिएको छ । यो आसन्न बेरोजगारीको संकटबाट बच्नका लागि नेपालले १० लाख भन्दा बढि रोजगारी सृजना गर्नु आवश्यक रहेको अर्थमन्त्रीको तर्क छ ।

 

यस अभियान अन्तर्गत रोजगारी सर्भिसले आफ्नो व्यापक प्ल्याटफर्महरु -वेवसाइट, मोबाइल एपलिकेसन, सामाजिक संञ्जाल, रोजगारी पसल, घुम्ती रोजगारी पसलहरु प्रयोग गरेर पंजीकृत प्रवासी पुनरागमनहरुलाई उचित स्किलिंग, रोजगारी वा स्वरोजगारीका मार्ग जडान गर्न र सुविधा पुर्याउन सहकार्य गर्नेछ ।

 

रोजगारी सर्भिस र मेरो जब्सका संस्थापक शैलेन्द्र राज गिरीले भने, ‘अब देशमै छ रोजगारी अभियान र युकेएड सीप र अन्यसंगको हाम्रो सामूहिक साझेदारीले नेपालको मानव संसाधनमार्फत र लागि रोजगार, उद्योग र वृद्धि गर्न सहयोग पुर्याउन सामूहिक उत्प्रेरित गर्न सक्दछ । यो समयको आवश्यकता पनि हो ।’