थप २२४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १५१ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशका विभिन्न जिल्लाका २२४ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १५१ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या १४ हजार ३९९ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकले पायो ‘उत्कृष्ट साझेदार’ अवार्ड Read Previous

नेपाल इन्भेस्टमेन्ट बैंकले पायो ‘उत्कृष्ट साझेदार’ अवार्ड

‘अब देशमै छ रोजगारी’ अभियान शुरु Read Next

‘अब देशमै छ रोजगारी’ अभियान शुरु