नेपाल इन्भेस्टमेन्ट बैंकले पायो ‘उत्कृष्ट साझेदार’ अवार्ड

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले ‘सर्वश्रेष्ठ साझेदार-२०१९, कम आय भएका आइडीए देशहरू,दक्षिण एसिया’ पुरस्कार पाएको छ ।

 

विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्तीय निगम (आइएफसी)बाट ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत इन्भेस्टमेन्टले नेपालबाट सर्वाधिक परिणामको व्यापार लगानीका लागि उक्त पुरस्कार प्राप्त गरेको हो।

 

आइएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ।जसबाट बैंकले स्थानीय उद्यमीहरूका लागि सहयोग बढाउने र अन्तर्राष्ट्रिय व्यापारका अवसरहरू वृद्धिमा सहयोग पुर्याउन सकेको छ।

 

ट्रेड फाइनान्सको सहयोगले देशका ठूला (कर्पोरेट) र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउन र विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम बनाउने विश्वास लिइएको छ।

 

बैंकले हाल देशभरका ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

कौसी खेतीबाटै मासिक ५० करोडको तरकारी Read Previous

कौसी खेतीबाटै मासिक ५० करोडको तरकारी

थप २२४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १५१ डिस्चार्ज Read Next

थप २२४ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु, १५१ डिस्चार्ज