काठमाडौं।सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले आफ्नो कार्यभार सम्हालेका छन्। उनले बिहीबारदेखि चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएका हुन् ।
बैंक अध्यक्ष मोतिलाल दुगडले उनलाई स्वागत गरेका थिए।बैंकको असार २७ गतेको संचालक समिति बैठकले पौड्याललाई नियुक्त गरेको थियो।
३० बर्षे बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका हुन्। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक (हालको एनआइसी एसिया) गएका थिए।
एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ ५ वर्ष काम गरेपछि लक्ष्मी बैंक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार वर्ष काम गरेका थिए।