इन्टरनेटको मूल्यवृद्धि फिर्ता

काठमाडौं। निजी इन्टरनेट सेवा प्रदायकहरु को संस्था (आइस्पान) ले इन्टरनेटको मूल्यवृद्धि फिर्ता लिएको छ । सरकारले आफ्ना माग पूरा गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले मूल्यवृद्धि बढाउने निर्णय फिर्ता लिएको छ।

 

सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर, लिज लाइन, मर्मत सम्भार लगायतमा दूरसञ्चार सेवा शुल्क नलिने निर्णय कार्यान्वयन गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिएका हुन्।

 

यो सेवा शुल्क छुट दिने व्यवस्था कार्यान्वयनमा नआएको भन्दै आइस्पानले साउन १ गतेदेखि १३ प्रतिशत मूल्य बढाउने घोषणा गरेका थिए।

सबैको लघुवित्तको आइपीओ बाँडफाँड, २ लाख ५२ हजार जनाको रित्तो हात Read Previous

सबैको लघुवित्तको आइपीओ बाँडफाँड, २ लाख ५२ हजार जनाको रित्तो हात

जनकशर्मा पौडेलले सम्हाले सनराइज बैंकको कमान्ड Read Next

जनकशर्मा पौडेलले सम्हाले सनराइज बैंकको कमान्ड