सबैको लघुवित्तको आइपीओ बाँडफाँड, २ लाख ५२ हजार जनाको रित्तो हात

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान भएको बाँडफाँडमा गोलाप्रथाको माध्यमबाट ४९ हजार ५२५ जनाले १० कित्ताको दरले सेयर सेयर पाएका छन् ।

 

रितपूर्वक आवेदन दिएका ३ लाख १ हजार ७३८ जनामा २ लाख ५२ हजार २१३ जना रित्तो हात भएका छन् । आइपीओमा ४५४ जनाको आवेदन रद्द भएको छ ।

 

लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । त्यसमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

तहगत सरकारबीचको समन्वयमा समस्या र सडक पूर्वाधार निर्माण बजेट Read Previous

तहगत सरकारबीचको समन्वयमा समस्या र सडक पूर्वाधार निर्माण बजेट

इन्टरनेटको मूल्यवृद्धि फिर्ता Read Next

इन्टरनेटको मूल्यवृद्धि फिर्ता