आइपीओ निष्काशन अनुमति माग्दै सानिमा इन्स्योरेन्सले पुग्यो धितोपत्र बोर्ड
चाणक्य पोष्ट
प्रकाशित : 1:57 pm, बिहीबार, साउन १५, २०७७

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपीओ) जारी गर्न अनुमतिका माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

 

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्काशनका लागि बुधबार बोर्डमा निवेदन दिएको हो।

 

आइपीओ निष्काशनका लागि इन्स्योरेन्सले एनआइसी एशिया क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

 

यस्तै कम्पनीले आइपीओ रेटिङ समेत गराइसकेको छ । कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्दछ ।

 

कम्पनीले गत माघ २४ गते सम्पन्न साधारणसभाबाट आइपीओ निष्काशन सम्बन्धी प्रस्ताव पारित गराएको थियो ।

 

हाल ७० करोड चुक्ता पूँजी रहेको कम्पनीको सर्वसाधारणलाई ३० करोडको आइपीओ जारीगरेपछि चुक्तापूँजी १ अर्ब पुग्नेछ।