बैंकिङ प्रणालीमा २ खर्ब बढी तरलता भएपछि २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा २ खर्बभन्दा बढी तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै बजारबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ।

 

राष्ट्र बैंकले बजारमा तरलता सन्तुलन कायम गर्न आज (साउन १५ गते) २० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो। राष्ट्र बैंकले जारी गरेको ७ दिनका अवधिको उक्त रिभर्स रिपो साउन २२ गते परिपक्व हुनेछ।

 

उक्त रिभर्स रिपो लिन गर्न चाहने बैंकहरुले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत आवेदन गर्न सक्नेछन्।

 

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले उक्त रिपो खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । साथै मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ।

 

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्न विभिन्न उपकरणहरु प्रयोग गर्ने गर्छ। राष्ट्र बैंकले बजारमा तरलता अधिक हुँदा खिच्ने र कम भएमा विभिन्न उपकरणमार्फत तरलता पठाउने गर्छ।

अब काठमाडौं महानगरको सेवा एकै स्थानबाट, काठमाडौं प्लाजामा सर्दै Read Previous

अब काठमाडौं महानगरको सेवा एकै स्थानबाट, काठमाडौं प्लाजामा सर्दै

धरहरा पुनःनिर्माणको काम धमाधम हुँदै, ११ औं तलाको ढलान सम्पन्न Read Next

धरहरा पुनःनिर्माणको काम धमाधम हुँदै, ११ औं तलाको ढलान सम्पन्न