८५ प्रतिशत भूकम्प पीडितले बुझे दोस्रो किस्ता

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनःनिर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ ।

 

सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतले मात्र तेस्रो किस्ता बुझिसकेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार जम्मा लाभग्राहीमध्ये ९९ प्रतिशतले मात्र पहिलो किस्ता बुझेका छन् ।

 

त्यसैगरी विद्यालयको पुनःनिर्माणतर्फ ७४ प्रतिशत प्रगति छ । देशका अति प्रभावित १४ जिल्लाका कुल ७ लाख २८ हजार २४३ लाभग्राहीमध्ये ५ लाख ५३ हजार ४६४ घर निर्माण सम्पन्न भइसकेको छ ।

 

सिन्धुपाल्चोक, रसुवा, दोलखा र नुवाकोटमा सबैभन्दा बढी पुनःनिर्माणको काम पूरा भएको प्राधिकरणले जनाएको छ ।

 

कोभिड–१९ पछिको बन्दाबन्दीलगायत अन्य विविध कारणले गर्दा सोचेबमोजिम तोकिएको समयमा काम पूरा नहुने प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताए ।

 

‘प्राधिकरणको विनियममा काम पूरा नभएको अवस्थामा थप एक वर्ष थप्ने भन्ने प्रावधान छ, सो बमोजिम समायावधि थपिन पनि सक्छ,’ उनले भने ।

 

विसं २०७२ को भूकम्पपछि त्यही वर्ष पुस १० गते प्राधिकरणको गठन भई लाभग्राहीको तथ्याङ्क सङ्कलन गरी रकम वितरणको काम शुरु भएको थियो ।

सुनको भाउ १ वर्षमा ३३ हजारले बढ्यो, तोलाको १ लाख नजिक Read Previous

सुनको भाउ १ वर्षमा ३३ हजारले बढ्यो, तोलाको १ लाख नजिक

नेकपा र काँग्रेसभन्दा कति फरक छ उद्योग वाणिज्य महासंघ Read Next

नेकपा र काँग्रेसभन्दा कति फरक छ उद्योग वाणिज्य महासंघ