सेयर धितोमा ७० प्रतिशत ऋण पाइने व्यवस्था लागू, बढीमा ५० लाखसम्म पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा ७० प्रतिशत ऋण पाउने व्यवस्था कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

 

नेपाल राष्ट्र बैंकले यही साउन २ गते सार्वजनिक गरेको चालू आवको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिका अनुसार सेयर प्रमाणपत्र धितोमा राखेर ७० प्रतिशत ऋण लिन पाउने व्यवस्था गरेको हो ।

 

यस्तो व्यवस्था यसअघि ६५ प्रतिशत मात्रै थियो । चालू आवको मौद्रिक नीतिले उक्त सीमालाई ५ प्रतिशतले बढाएर ७० प्रतिशत पुर्याएको हो ।

 

सो व्यवस्थाले सेयर बजार थप विस्तार हुने विश्वास लिइएको छ । एकीकृत निर्देशिका अनुसार कुल १८० दिनको अन्तिम मूल्यका आधारमा दिइने ऋणलाई १२० दिनको अन्तिम मूल्यका आधारमा दिने व्यवस्था गरिएको छ । यस्तै, सेयर कर्जा प्रतिग्राहक बढीमा ५० लाख रुपैयाँसम्म मात्र दिन पाइने व्यवस्था गरिएको छ ।

 

राष्ट्र बैंकले ओभरड्राफ्टलाई यथावत राख्दै धितो कर्जा, सम्पत्ती कर्जा, व्यक्तिगत आवधिक कर्जाको सीमा पनि ५० लाख रुपैयाँ बराबर तोकिदिएको छ ।

 

यदि कुनै ऋणीले ५० लाख रुपैयाँभन्दा बढी दिएको भए २०७९ असार मसान्तभित्र सीमामा ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकद्वारा कोरोना प्रभावित क्षेत्रको वर्गीकरण, कुन व्यवसाय कुन वर्गमा परे (सूचीसहित) Read Previous

राष्ट्र बैंकद्वारा कोरोना प्रभावित क्षेत्रको वर्गीकरण, कुन व्यवसाय कुन वर्गमा परे (सूचीसहित)

क्रस होल्डिङ भएका बैंकलाई ‘फोर्स मर्जर’ गराउँदै राष्ट्र बैंक Read Next

क्रस होल्डिङ भएका बैंकलाई ‘फोर्स मर्जर’ गराउँदै राष्ट्र बैंक