वर्षदिनमा १३ खर्बको वैदेशिक व्यापार हुँदा ११ खर्ब घाटा, जम्मा ९६ अर्बको सामान निर्यात

काठमाडौं । नेपालले १ वर्षमा करिब १३ खर्बको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागका अनुसार नेपालले गत आर्थिक वर्ष २०७६/७७ आयात र निर्यात गरी कुल १२ खर्ब ९२ अर्ब ९५ करोड ५७ लाख ५७ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

 

यो अघिल्लो आव २०७५/७६ को तुलनामा १४.६९ प्रतिशतले कमी हो । अघिल्लो आवमा नोपालले कुल १५ खर्ब १५ अर्ब ६४ करोड ४८ लाख ६४ हजार रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

 

विभागको तथ्यांक अनुसार गत आवमा नेपालमा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँ बराबरको सामान आयात गरिएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा १५.६३ प्रतिशतले कमी हो । अघिल्लो आवमा नेपालले १४ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको थियो ।

 

समीक्षा अवधिमा नेपालले ९६ अर्ब १५ करोड ६७ लाख ५ हजार रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । यो अघिल्लो आवको तुलनामा करिब १ अर्ब रुपैयाँले कम हो ।

 

गत आवमा नेपालको व्यापार घाटामा सुधार आएको छ । करिब ४ महिना लामो लकडाउनका कारण अत्यावश्यक बाहेकका वस्तु आयात हुन नसक्दा व्यापार घाटा घटेको हो ।

 

विभागका अनुसार गत आवमा नेपालको व्यापार घाटा ११ खर्ब ६४ करोड २३ लाख ४८ रुपैयाँ रहेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.७१ प्रतिशत कमी हो । नेपालको अघिल्लो आवमा कुल व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो ।

सेयर बजारमा झिनो गिरावट, १ अर्ब ८१ करोडको कारोबार Read Previous

सेयर बजारमा झिनो गिरावट, १ अर्ब ८१ करोडको कारोबार

भेरी-बबई डाइभर्सनको ‘मोडालिटी’ टुंगो लाग्यो, सर्वसाधरणको ४९ प्रतिशत सेयर रहने Read Next

भेरी-बबई डाइभर्सनको ‘मोडालिटी’ टुंगो लाग्यो, सर्वसाधरणको ४९ प्रतिशत सेयर रहने