काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार २२ अंकले बढेको बजारमा आज सामान्य करेक्शन आएके हो ।
सेयर बजार मापक सूचक नेप्से २.६४ अंकले घटेर १४६२.४८ विन्दुमा आइपुगेको छ । आज १८७ कम्पनीको १ अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ५७ हजार १६१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेको छ भने बाँकी ८ समूहको घटेको छ । आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूहको समूहको परिसूचक सबैभन्दा धेरै १२.४६ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै १५०.४१ अंकले घटेको छ ।
आज कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसको १७ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुर्नबीमा कम्पनी र नबिल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
आज जोशी हाइड्रोपावरको सेयर मूल्यमा मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।