म्याद नाघेको पानी बेच्ने भाटभटेनीलाई ३ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

 

विभागका अनुसार अनुगमनका क्रममा भाटभटेनी सुपरमार्केटको हनुमानस्थान आउटलेटले म्याद नाघेको बेली ब्राण्डको पानि बिक्री गरेको पाइएपछि कारबाही गरिएको हो ।

 

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा  ३ लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।

टिच फर नेपाललाई सानिमा बैंकको १० लाख सहयोग Read Previous

टिच फर नेपाललाई सानिमा बैंकको १० लाख सहयोग

साधारणसभा स्थगित गर्न हतार गरियो, यो विधान विपरीत छ : चन्द्रप्रसाद ढकाल Read Next

साधारणसभा स्थगित गर्न हतार गरियो, यो विधान विपरीत छ : चन्द्रप्रसाद ढकाल