काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले जूम भिडियो कन्फ्रेसिङ एपको अफर ल्याएको छ ।
लकडाउनको समयमा विभिन्न कम्पनीको बैठक, कार्यक्रम लगायत भर्चुअल कुराकानीका लागि निकै लोकप्रिय बनिरहेको जूमको अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै भायानेटले नेपालको लागि आधिकारिक रिसेलर जिनिज् सोलुशनसँग साझेदारी गर्दै पेड सदस्यता अफर ल्याएको हो ।
ग्राहकहरुले भायानेट मार्फत् जूमको सदस्यता लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन् । भायानेटले अनपेड सदस्यताको दाँजोमा पेड सदस्यतालाई २४ घण्टे गु्रप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले १००० सदस्यभन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १०,००० जना उपस्थित भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ड ट्रान्सक्रीप्शनद्वारा मिटिङको बुँदाहरु स्वतः उत्पादन हुने सुविधा पनि यसमा उपलब्ध छ ।
यसको साथै भायानेट कम्यूनिकेशन प्रा.लि.ले, नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायकले आफ्नो सेवालाई अझ राम्रो बनाउन र ग्राहकको आवश्यकतालाई पूरा गर्नको लागि अर्को एउटा कदम चालेको छ ।
नेपालभरि फैलिरहको कोभिड-१९ का कारण सबै संगठन र संस्थानहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ÷मिटिङ्ग एप मार्फत् आफ्नो दैनिक कार्य संचालन गरिरहेका छन् ।
जूम शैक्षिक संस्थानहरुका लागि अनलाइन कक्षाहरु संचालन गर्न, कर्पोरेटको लागि मिटिङ्ग, कन्फ्रेन्स र रिमोट तालिम गर्न र प्रशिक्षक, प्रेरक वक्ताका लागि वेबिनारहरु गर्न प्रभावकारी छ । त्यसै हुनाले यस एप्को पेड भर्जनले व्यक्ति र संघ-संस्थालाई महामारीको दौरान र पछि आफ्नो कार्यहरु सजिलै संचालन गर्न उल्लेखनीय फाइदा र सुविधा प्रदान गर्दछ ।