३ हप्तामै सेयर मूल्य दोब्बर भएको पुनर्बीमा कम्पनीले लाभांश नदिने, नाफा जगेडा कोषमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

 

बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो ।

 

कम्पनीले पुनर्बीमा व्यवसाय (व्यवस्था तथा सञ्चालन) निर्देशका २०७१ को दफा १२ को कारण लगानीकर्तालाई नगद लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने जनाएको छ ।

 

उक्त दफा अनुसार पुनर्बीमाले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तीमा ५ वर्षसम्म मुनाफाका रूपमा बाँडफाँड नगरी अनिवार्य रूपमा जगेडा कोषमा राख्नुपर्ने व्यवस्था छ । सोही अनुसार कम्पनीले गत आवको नाफाबाट लाभांश नबाँडी जगेडा कोषमा राख्ने भएको हो ।

 

२०७१ सालदेखि व्यवसाय सुरु गरेको कम्पनी संचालनमा आएको गत आर्थिक वर्ष २०७६/७७ मा ५ वर्ष पुगेको छ । यससँगै कम्पनीले गत वर्षको लाभांश भने सक्नेछ ।

 

गत वर्ष कम्पनीले सर्वसाधरणलाई १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । गत असार १५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य ३ साताको अवधिमै करिब दोब्बरले बढेको छ । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५० रुपैयाँभन्दा माथि छ ।

असोजदेखि भूमि बैंक सञ्चालनको तयारी, उपत्यका बाहिरको जग्गा प्राथमिकतामा Read Previous

असोजदेखि भूमि बैंक सञ्चालनको तयारी, उपत्यका बाहिरको जग्गा प्राथमिकतामा

भायानेटले ल्यायो जूम भिडियो कन्फ्रेसिङ एपको अफर Read Next

भायानेटले ल्यायो जूम भिडियो कन्फ्रेसिङ एपको अफर