बैंकका सबै शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सबै शाखा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ ।

 

सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

 

कोरोनाको सङ्क्रमण बढेको भन्दै गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बैंक तथा वित्तीय संस्थाले सीमित सङ्ख्याका शाखा मात्रै सीमित समयका लागि सञ्चालन गरेका थिए । यस्तै पछिल्ला दिनमा उनीहरुले सिफ्ट प्रणालीमा आफ्ना शाखा सञ्चालन गरेका थिए ।

 

केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै ‘सिफ्ट सिस्टम’हटाउन भनेको छ । उक्त निर्देशनपछि विगतको जस्तै नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा ८ घण्टा नै सञ्चालन गर्नुपर्नेहुन्छ ।

 

बैंकिङ कारोवारको समयसम्म नियमितरुपमा बैंक तथा वित्तीय संस्थाका शाखा खोलेर सेवाग्राहीलाई सेवा दिन बैंकले परिपत्रमा उल्लेख गरेको छ ।

 

केन्द्रीय बैंकले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गर्न, कार्यालयमा भीडभाड कम हुने वातावरण बनाउनसमेत निर्देशन दिएको छ । यस्तै राष्ट्र बैंकले विद्युतीय कारोवारलाई समेत प्रोत्साहन गर्नुपर्ने हुन्छ ।

 

एशियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको आर्थिक वृद्धि २० वर्ष यताकै कम Read Previous

एशियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको आर्थिक वृद्धि २० वर्ष यताकै कम

असोजदेखि भूमि बैंक सञ्चालनको तयारी, उपत्यका बाहिरको जग्गा प्राथमिकतामा Read Next

असोजदेखि भूमि बैंक सञ्चालनको तयारी, उपत्यका बाहिरको जग्गा प्राथमिकतामा