साउन १६ गतेदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको आइपीओ खुल्ने

काठमाडौं । गैर आवासीय नेपालीहरुको लगानी रहेको एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

 

कम्पनीले अंकत मूल्य १०० रुपैयाँ दरले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको ३३ लाख ९८ हजार ४६० कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

 

कम्पनीले निष्काशन गर्न लागेको ३३ लाख ९८ हजार ४६० कित्तामध्ये १ लाख ६९ हजार ९०२ कित्ता (५ प्रतिशत) साधारण सेयर सामूहिक लगानी कोष र ६७ हजार ९६१ किता (२ प्रतिशत ) सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधरण आवेदन दिन सक्नेछन्।

 

कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आइपीओमा छिटोमा साउन २१ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त मिति भित्र सबै आइपीओ बिक्री हुन नसकेमा ढिलोमा भदौ ३ गते हुनेछ।

 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ।

 

कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङस् नेपालले केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।

 

हाल कम्पनीको जारी चुक्ता पूँजी १ अर्ब १३ करोड २६ लाख रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७५र७६ सम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०२.६ रुपैयाँ रहेको थियो भने प्रतिसेयर आम्दानी २.४ रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीले १ करोड ६३ लाख १९ हजार रुपैयाँ सञ्चित नाफा आर्जन गरेको थियो।

ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशलाई आग्रह Read Previous

ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशलाई आग्रह

आर्थिक वृद्धिदर : सरकारको लक्ष्य ७ प्रतिशत, विश्व बैंकको प्रक्षेपण २.१ प्रतिशतमा सीमित हुने Read Next

आर्थिक वृद्धिदर : सरकारको लक्ष्य ७ प्रतिशत, विश्व बैंकको प्रक्षेपण २.१ प्रतिशतमा सीमित हुने