ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशलाई आग्रह

काठमाडौं । सरकारले बंगलादेश सरकार र त्यहाँको निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरेको छ ।

 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग नेपालका लागि बङ्गालदेशका राजदूत मास्फीबिन्ते साम्सले गरेको बिदाइ भेटमा उनले ऊर्जा क्षेत्रमा बङ्गलादेश सरकार तथा निजी क्षेत्रका लगानीकर्तालाई लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

 

उनले नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण सिर्जना गरिएकाले लगानी सुरक्षामा ढुक्क रहन आग्रह गरे । नेपाल र बङ्गलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी भएको स्मरण गर्दै मन्त्री पुनले त्यसलाई दुई देशबीच ऊर्जा व्यापारको कोशेढुङ्गाको संज्ञा दिए ।

 

नेपाल र बङ्गलादेशबीच २०७५ भदौ २८ मा ढाकामा भएको ‘पावर एण्ड इनर्जी’ सम्मेलनमा बङ्गलादेशले नेपालबाट आगामी सन् २०४० भित्र ९ हजार मेगावाट बिजुली खरिद गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

 

त्यसअघि मन्त्रीपुन र बङ्गलादेशका ऊर्जामन्त्री नसरुल हमिदीबीच ऊर्जा सहकार्य (इनर्जी को–अपरेशन) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

 

भेटमा राजदूत साम्सले नेपाल–बङ्गलादेश ऊर्जा क्षेत्रमा सहकार्यका लागि वातावरण निर्माणमा मन्त्री पुनको नेतृत्वदायी र निर्णायक भूमिका रहेको भन्दै प्रशंसा गरे । ‘नेपाल र बङ्गलादेशकाबीचमा ऊर्जा क्षेत्रमा सहकार्यको राम्रो वातावरण बनेको छ,’ उनले भने, ‘तपाईंको कुशल नेतृत्व नभएको भए यो सम्भव थिएन ।’

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित, पूर्ण लकडाउन हटेको १५ दिन भित्र चुनाव हुने Read Previous

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित, पूर्ण लकडाउन हटेको १५ दिन भित्र चुनाव हुने

साउन १६ गतेदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको आइपीओ खुल्ने Read Next

साउन १६ गतेदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्टको आइपीओ खुल्ने