सिभिल मलले दियो ४ महिनाको भाडामा आधा छुट, थप ३ महिनाको ४० प्रतिशत छुट दिने

काठमाडौं । व्यापारिक कम्प्लेक्स सिभिल मलले व्यापारीहरुलाई ४ महिनाको भाडा आधा छुट दिएको छ ।

 

सिभिल मल व्यापार संघका अनुसार कोरोनाका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा ५० प्रतिशत छुट दिइएको छ ।

 

लकडाउनको अवधिमा सम्पूर्ण पसल बन्द गरिएकाले व्यवसायीलाई पूरै भाडा तिर्न समस्या हुने भन्दै मलले चैतदेखि असारसम्मको भाडा ५० प्रतिशत छुट गरिदिएको हो ।

 

यस्तै मलले साउन, भदौ र असोज गरी तीन महिनाको भाडामा समेत ४० प्रतिशत छुट दिने भएको छ । कात्तिकबाट १ वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने मल व्यवस्थापनले जनाएको छ ।

 

मलका व्यवसायीहरुले असार १ गतेबाट पसल सञ्चालनमा ल्याए पनि व्यापार शून्य अवस्थामा रहेको भन्दै भाडामा छुट दिन व्यवस्थापनसँग माग गर्दै आएका थिए ।

थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्यो, १५६ जना डिस्चार्ज Read Previous

थप १४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८ हजार २४१ पुग्यो, १५६ जना डिस्चार्ज

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित, पूर्ण लकडाउन हटेको १५ दिन भित्र चुनाव हुने Read Next

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित, पूर्ण लकडाउन हटेको १५ दिन भित्र चुनाव हुने