काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।
सुनको भाउ बुधबार प्रतितोला १३०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।
नेपाली बजारमा मंगलबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँ थियो । यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार ५६० रुपैयाँ पुगेको छ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला ११३५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला १०४० रूपैयाँमा कारोबार भएको थियो।