असोज मसान्त भित्रै सबै आयोजनाको ठेक्का लगाइसक्नुपर्ने, कात्तिक १५ देखि काम सुरु

काठमाडौं । चालू आर्थिक वर्षमा बजेटमा समावेश भएका सबै विकास आयोजनाले असोज मसान्तभित्र ठेक्का सम्झौता गरिसक्नुपर्ने भएको छ ।

 

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन जारी गर्दै असोजसम्ममा सबै आयोजना÷कार्यक्रमको बोलपत्र आह्वान गरी ठेक्का सम्झौता गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

 

मार्गदर्शन अनुसार चालू बजेटमा समावेश भएका सबै आयोजनाको ठेक्का सम्झौता भएको मितिले १५ दिन भित्र काम शुरु गर्ने गरी सबै निकायले आयोजना तथा कार्यक्रमलाई कार्यादेश दिनु पर्ने भएको छ । जस अनुसार कम्तीमा कात्तिक १५ देखि आयोजनाको प्रारम्भिक चरणका काम सम्पन्न गरी निर्माणको काम थाल्नु पर्ने भएको छ ।

 

कार्यक्रम तथा आयोजना कार्यान्वयनका दौरान कुनै कानून बनाउनु पर्ने आवश्यकता भए त्यसको काम भने असोज मसान्तसम्म सक्नुपर्ने भएको छ ।

 

मार्गदर्शन अनुसार कुनै नयाँ ऐन तर्जुमा गर्नुपर्ने वा विद्यमान ऐन संशोधन गर्नु पर्ने भए ऐनको मस्यौदा असोज मसान्त भित्र मन्त्रिपरिषद्मा पेश गरिसक्नु पर्ने भएको छ ।

 

कुनै आयोजना र कार्यक्रम सम्पन्न गर्ने अवधिका लागि जनशक्ति योजनासहित आवश्यक जनशक्ति व्यवस्थापनको कामसमेत साउन भित्रै गरिसक्नुपर्ने भएको छ । यसमा दरबन्दी स्वीकृति मूख्य काम हो ।

 

कुनै पनि आयोजना तथा कार्यक्रमको भुक्तानी भने भौतिक र गुणस्तरका आधारमा मात्र दिनु पर्ने भएको छ । दोस्रो र तेस्रो चौमासिक निकासार/भुक्तानीका लागि सो अवधिसम्म न्यूनतम ५० प्रतिशत भौतिक प्रगति भइसक्नु पर्ने गरी प्राावधान तोकिएको छ ।

आथिर्क वर्ष २०७७/७८ को बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन :

 

 

पुनः संकटमा एफएनसीसीआईको निर्वाचन, मोडालीटीमा परिवर्तन गरे सहज Read Previous

पुनः संकटमा एफएनसीसीआईको निर्वाचन, मोडालीटीमा परिवर्तन गरे सहज

बैंकमै थुप्रियो पैसा, ५ दिनमै थपियो करिब १ खर्ब निक्षेप Read Next

बैंकमै थुप्रियो पैसा, ५ दिनमै थपियो करिब १ खर्ब निक्षेप