सेयर बजार तीव्र उतरचढाव, ७४ अंकले बढेको बजार १४ अंकले घटेर बन्द, पौने ३ अर्बको कारोबार

काठमाडौं । सोमबार सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । आज बजार खुलेको ५३ सेकेन्डमै ६० अंकले बढेर पहिलो सर्किट लागेको थियो । त्यसपछि पुनः खुलेको बजार पनि ३५ सेकेन्डमै दोस्रोे सर्किट लागेको बजार अन्तयमा दोहोरो अंकले घटेर बन्द भएको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १४.९ अंकले घटेर १४६४.९४ विन्दुमा आइपुगेको छ । आज १८० कम्पनीको २ अर्ब ८० करोड २२ लाख ३३ हजार ७१५ रुपैयाँ बराबरको कारोबार भएको छ । ७० लाख १ हजार २५८ कित्ता सेयर किनबेच भएको छ ।

 

आज कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेका छन् भने ८ समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक १६.९३ अंकले बढेको छ भने जीवन बीमा समूहको परिसूचक १८८.६५ अंकले घटेको छ ।

 

आज कारोबार रकमका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । यसको २० करोड १४ लाख ९९ हजार ५१६ रुपैयाँको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल पुर्नबीमा कम्पनी र एनआइसी एशिया बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । यी दुवै कम्पनीको १७ करोड भन्दा बढीको कारोबार भएको छ ।

 

आज पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । युनाइटेड फाइनान्स, एनआइसी एशिया लघुवित्त र स्पर्श लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

आज गुँरास लघुवित्त र मञ्जुश्री फाइनान्सको सेयर मूलयमा नेगेटिभ सर्किट लागेको छ । यी कम्पनीको मूल्य करिब १० प्रतिशतले घटेको छ ।

एनसेल बन्यो सबैभन्दा ठूलो करदाता, यी हुन् धेरै कर तिर्ने १० कम्पनी Read Previous

एनसेल बन्यो सबैभन्दा ठूलो करदाता, यी हुन् धेरै कर तिर्ने १० कम्पनी

गत आवमा २०० पुल निर्माण सम्पन्न, देशभर अझै १५ सय पुल निर्माणधीन र जीर्ण अवस्थामा Read Next

गत आवमा २०० पुल निर्माण सम्पन्न, देशभर अझै १५ सय पुल निर्माणधीन र जीर्ण अवस्थामा