एनसेल बन्यो सबैभन्दा ठूलो करदाता, यी हुन् धेरै कर तिर्ने १० कम्पनी

काठमाडौं। निजी क्षेत्रको दूरसंचार सेवा प्रदायक कम्पनी एनसेल गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ ।

 

आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३३ अर्ब ९५ करोड रुपैयाँ आयकर तिरेर एनसेल सबैभन्दा ठूलो करदाता बनेको हो ।

 

गत आवमा सरकारले कुल २ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ आयकर अशुल गरेको थियो । जसमा एनसेल एक्लैले मात्र करिब ३४ करोड आयकर तिरेको हो । यो कुल संकलित राजश्वको १६ प्रतिशत हो ।

सर्वोच्चको फैसलापछि एनसेलले गत आवमा लाभकर मात्रै २२ अर्ब रुपैयाँ तिरेको थियो । यो बाहेक पनि एनसेलले ११ अर्ब रुपैयाँभन्दा बढी आयकर सरकारलाई बुझाएको छ।

 

गत आवमा आयकर धेरै तिर्नेमा दूरसञ्चार क्षेत्रकै सरकारी स्वामित्को नेपाल टेलिकम रहेको छ । टेलिकमले गत आवमा ८ अर्ब ७ करोड आयकर तिरेको छ । यो कुल संकलित राजश्वको ३.७ प्रतिशत हो ।

 

यस्तै, गत आवमा सबैभन्दा धेरै आयकर तिर्नेमा सरकारी आयल निगम, सूर्य नेपाल, नेपाल दूरसंचार प्राधिकरण क्रमशः शीर्ष पाँचमा रहेका छन् । जसमा निगमले ५ अर्ब ४३ करोड, सूर्यले ५ अर्ब ३१ करोड र प्राधिकरणले ३ अर्ब ८२ करोड आयकर बुझाएका छन् ।

 

यस्तै, धेरै आयकर तिर्ने शीर्ष १० कम्पनीमा ५ वटा वाणिज्य बैंक रहेका छन् । जसमा नबिल, कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल र ग्लोबल आइएमई बैंक क्रमशः छैटौंदेखि दशौंसम्म रहेका छन् ।

 

गतआवमा यी १० कम्पनीले मात्रै ६६ अर्ब ५० करोड आयकर बुझाएका छन् । यो कुल आयकरको ३०.५ प्रतिशत हो ।

६ महिनासम्म बन्द रहेका चीनका सिनेमाघर खुल्न थाले, ३० प्रतिशत मात्रै दर्शक राख्न पाउने Read Previous

६ महिनासम्म बन्द रहेका चीनका सिनेमाघर खुल्न थाले, ३० प्रतिशत मात्रै दर्शक राख्न पाउने

सेयर बजार तीव्र उतरचढाव, ७४ अंकले बढेको बजार १४ अंकले घटेर बन्द, पौने ३ अर्बको कारोबार Read Next

सेयर बजार तीव्र उतरचढाव, ७४ अंकले बढेको बजार १४ अंकले घटेर बन्द, पौने ३ अर्बको कारोबार