अब खानेपानीको मिटर आफैले रिडिङ गर्ने सक्ने

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले कोभिड-१९ को जोखमलाई न्यूनीकरण गर्न कम्पनीका ग्राहकलाई आफैले खानेपानी धाराको मिटरको अङ्क अनलाइनमार्फत टिपाउन सकिने व्यवस्था गरेको छ ।

 

ग्राहकले टिपाएको अङ्क मिटर रिडरबाट छड्के निरीक्षण (क्रस चेक) हुने पनि लिमिटेडले जनाएको छ ।ग्राहक आफैले कम्पनीको वेबसाइट काठमाडौँ वाटर डट वोआरजीमार्फत अङ्क टिपाउन सक्ने लिमिटेडले सूचनामार्फत जनाएको छ ।

 

कम्पनीका ग्राहकले वेबसाइटमा खोली सेल्फ मिटर रिडिङमा क्लिक गरी चढेको अङ्क देखिने गरी खिचिएको मिटरको फोटो अपलोड गर्न सकिने जनाइएको छ । कम्पनीका कर्मचारी र ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखी यस्तो व्यवस्था गरिएको लिमिटेडले जनाएको छ ।

नेपालमा उद्योग खोल्न विदेशी लगानीकर्ता आकर्षित, वैदेशिक लगानी प्रस्ताव दोब्बरले बढ्यो Read Previous

नेपालमा उद्योग खोल्न विदेशी लगानीकर्ता आकर्षित, वैदेशिक लगानी प्रस्ताव दोब्बरले बढ्यो

सेयर बजार बुम, खुलेको ५३ सेकेन्डमै पोजेटिभ सर्किट Read Next

सेयर बजार बुम, खुलेको ५३ सेकेन्डमै पोजेटिभ सर्किट