सेयर बजार बुम, खुलेको ५३ सेकेन्डमै पोजेटिभ सर्किट

काठमाडौं ।आज सेयर बजार खुल्नसाथ पोजेटिभ सर्किट लागेको छ । आइतबार जम्मा ८ मिनेट कारोबार भई तेस्रो सर्किट लागेर बन्द भएको सेयर बजार आज खुलेको ५३ सेकेन्डमै पहिलो सर्किट लागेको छ ।

 

बजार खुल्ने बित्तिकै नेप्से सूचक ४ प्रतिशतभन्दा बढी अर्थात् ६० अंकले बढेपछि पहिलो सर्किट लागेको हो । नेप्से सूचक १५३९ अंक पुगेको छ । यस अवधिमा ६ करोडको कारोबार भएको छ ।

 

पहिलो सर्किट लागेसँगै नेप्सेले सेयर कारोबार २० मिनेटका लागि बन्द गरेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सेयर बजारमा माग सम्बोधन हुने गरी मौद्रिक नीति ल्याएपछि लगानीकर्ता उत्साहित हुँदा बजार खुल्न साथ सर्किट लागेको हो ।

 

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

 

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

अब खानेपानीको मिटर आफैले रिडिङ गर्ने सक्ने Read Previous

अब खानेपानीको मिटर आफैले रिडिङ गर्ने सक्ने

चीनबाट ल्याएको ६ वटा जहाज सधैका लागि थन्क्याउँदै निगम, नयाँ किन्ने तयारी Read Next

चीनबाट ल्याएको ६ वटा जहाज सधैका लागि थन्क्याउँदै निगम, नयाँ किन्ने तयारी