भोलिदेखि सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

काठमाडौं । सोमबार (भोलि)देखि सार्वजनिक यातायात सञ्चालन गर्न व्यवासायीहरु तयार भएका छन् ।

 

सरकारले असार २६ गतेदेखि नै छोटो दूरीका यातायात सञ्चालन गर्न दिए पनि विभिन्न माग राख्दै व्यावसायीले गाडी चलाएका थिएनन् । तर, आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलपछि व्यवसायीहरु भोलिदेखि यातायात सञ्चालन गर्ने तयार भएका हुन् ।

 

व्यावसायीले राखेको अधिकांश मागहरु शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सम्बोधन गरेपछि उनीहरु गाडी चलाउन तयार भएका हुन् ।

 

विभागले व्यावसायीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।

 

तत्काललाई सरकारले तोके बमोजिम नै जिल्ला भित्रै यातायात सञ्चालन हुनेछन् । काठमाडौं उपत्यकाको हकमा भने तीनै जिल्ला उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा गाडी सञ्चालन हुनेछन् ।

 

यसअघि नै उपत्यकामा मयूर यातायात, सुन्दर यातायात, साझा यातायात, संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा आइसकेका छन् ।

 

यस्तै व्यवसायीले लामोदूरीको यातायात सञ्चालनको तयारी भइरहेको र सरकारले अनुमति निसाथ सञ्चालन गर्ने बताएका छन् ।

मोबाइल फोनको अवैध कारोबारप्रति आयातकर्ता र वितरक संघको ध्यानाकर्षण Read Previous

मोबाइल फोनको अवैध कारोबारप्रति आयातकर्ता र वितरक संघको ध्यानाकर्षण

१ आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने Read Next

१ आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने