काठमाडौं । मोबाइल फोनको अवैध कारोबारप्रति मोबाइल फोन आयाकर्ता र वितरकहरुले ध्यानाकर्षन भएको जनाएका छन् ।
पछिल्लो समय बजारमा मोबाइल फोनको अवैध कारोबार बढेको भन्दै नेपालमा विभिन्न ब्राण्डका मोबाइल फोनका आयातकर्ताहरुको छाता संगठन, मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन र क्षेत्रीय वितरकहरुको छाता संगठन, नेपाल मोबाइल वितरक संघले मोबाइल फोनको अनाधिकृत कारोवार बढेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै दुवै व्यवसायिक संघले मोबाइलको अवैध कारोवार निरुत्साहित गर्ने सहमति गरेका छन् । त्यसका लागि संघहरुले साउन १ गतेबाट मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका सदस्यहरुसँग आबद्ध सबै बिक्रेताहरुलाई अवैध मोबाइल फोनको खरीद/बिक्री नगर्न/नगराउन अनुरोध गरेका छन् ।
त्यस्तै, छाता संघहरुको नियम विपरीत विपरीत मोबाइल फोन अवैध कारोवार गर्ने/गराउने बिक्रेतालाई आफ्नो पाइएमा पहिलो पटक सचेत गराइने र पुनः त्यस्तो गतिविधि गरेको पाइए त्यस्ता विक्रेताको सदस्यता खारेज गर्ने जनाइएको छ ।
कुनै विक्रेताले पटक पटक मौबाइलको अवैध कारोबार गरेको पाइएमा सम्बन्धित सरकारी नियमक निकायलाई आवश्यक कानूनी कारवाहीका लागि सूचित गराइने दुवै छाता संघले जनाएका छन् ।