सेयर बजार बुम, खुलेको ६ मिनेटमै पोजेटिभ सर्किट

काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको सेयर बजार आज खुलेको ६ मिनेटमै पोजेटिभ सर्किट लागेको छ ।

 

शुक्रबार नेपाल राष्ट्र बैंकले सेयर बजारमा माग सम्बोधन हुने गरी मौद्रिक नीति ल्याएपछि लगानीकर्ता उत्साहित हुँदा बजार खुल्न साथ सर्किट लागेको हो ।

 

बजार खुलेको ६ मिनेटमै नेप्से सूचक ४ प्रतिशतभन्दा बढी अर्थात् ५६ अंकले बढेर पहिलो सर्किट लागेको छ । नेप्से परिसुचक १४५१ अंक पुगेको छ ।

 

पहिलो सर्किट लागेसँगै नेप्सेले सेयर कारोबार २० मिनेटका लागि बन्द गरेको छ ।

 

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ ।

 

त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

 

 

लकडाउनका बाबजूद फर्स्ट माइक्रोफाइनान्सको आशा लाग्दो वित्तीय विवरण Read Previous

लकडाउनका बाबजूद फर्स्ट माइक्रोफाइनान्सको आशा लाग्दो वित्तीय विवरण

सेयर बजार बुम, जम्मा ७ मिनेट कारोबार हुँदा दोस्रो पोजेटिभ सर्किट Read Next

सेयर बजार बुम, जम्मा ७ मिनेट कारोबार हुँदा दोस्रो पोजेटिभ सर्किट