काठमाडौं । लकडाउनका बाबजूद फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आशा लाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ ।
लघुवित्तले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४७ प्रतिशत बढेको छ।
लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ७३ लाख रुपैयाँले बढी हो । कम्पनीले अघिल्लो आवमा १३ करोड २४ लाखा खुद नाफा कमाएको थियो ।
प्रतिशत बढी हो। लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढ्ने पुगेको देखिन्छ।
लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २२ करोड ४१ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ करोड १७ लाख रुपैयाँ बढी हो।
त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ७९ लाख ९३ हजार रुपैयाँ बढेर २१ करोड ७९ लाख रुपैयाँ पुगेको छ।
८० करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २४ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले ५ अर्ब २३ करोड ५० लाख रुपैयाँ सापटीबाट ५ अर्ब ५४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १७.४५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १३०.९६ रुपैयाँ पुगेको छ ।