अमेरिकन एयरलाइन्सले २५ हजार कर्मचारी कटौती गर्ने

काठमाडौं । अमेरिकन एयरलाइन्सले अग्रपंक्तिमा रहेर काम गर्ने झण्डै २५ हजार कर्मचारीलाई रोजगारीबाट निकाल्ने चेतावनी दिएको छ ।

 

कोरोना भाइरसको महामारीका कारण सेवा प्रवाहमा अत्यधिक कमी आएकाले कर्मचारीहरु कटौती गर्नुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ ।

 

निष्काशित हुन लागेकामध्ये झण्डै २९ प्रतिशत कर्मचारीहरु अमेरिकी रहेको पनि कम्पनीका अधिकारीहरुले जानकारी दिएका छन् ।पदमुक्त हुन लागेका कर्मचारीहरुलाई दुई वर्षभन्दा बढीको विदा लिन वा अग्रिम अवकास लिन आग्रह पनि गरिएको छ ।

 

‘कोरोना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या घटेको छैन, कतिपय राज्यहरुले निषेधात्मक व्यवस्थाहरुलाई फेरि सक्रिय बनाउन थालेका छन्, त्यसैले तत्काल पर्याप्त हवाई सेवा सञ्चालनमा आउने देखिदैन,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत डोङ पार्कर र अध्यक्ष रोबर्ट इसोमले भने।

 

कम्पनीले जुन महिनासम्ममा ८० प्रतिशतभन्दा बढी आम्दानी घटेको जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।

कानून मिचेर म्यानपावर कम्पनीलाई राहत, ५०० कम्पनीको लाइसेन्स खारेजी जोगियो Read Previous

कानून मिचेर म्यानपावर कम्पनीलाई राहत, ५०० कम्पनीको लाइसेन्स खारेजी जोगियो

मौद्रिक नीतिमा गर्न लागिएका यी दुई व्यवस्थाले के सेयर बजार 'बुम' होला ? Read Next

मौद्रिक नीतिमा गर्न लागिएका यी दुई व्यवस्थाले के सेयर बजार 'बुम' होला ?