दशकपछि सिंगापुरमा आर्थिक मन्दी, अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ ।

 

प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो ।

 

अघिल्लो वर्षको तुलनामा अप्रिल र जुन महिनाको अवधिमा १२.६ प्रतिशत अर्थतन्त्र खुम्चिएको सिंगापुरको व्यापार मन्त्रालयले जनाएको छ । सिंगापुरमा कोरोना भाइरससँग जुध्न सरकारले लकडाउनजस्ता कडा कदम चालेका कारण पनि अर्थतन्त्रमा व्यापक असर परेको हो ।

 

विगत एक दशकको अवधिमा पहिलो पटक सिंगापुरको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो चौमासिक अवधिमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा यतिठूलो गिरावट आउनुको मुख्य कारण गत अप्रिल ७ देखि जुन १ सम्म कोरोनाभाइरसको प्रसार रोक्न चालिएका कडा कदमहरु जिम्मेवार रहेको मन्त्रालयको भनाइ छ ।

 

मन्त्रालयका अनुसार यस अवधिमा अत्यावश्यक सेवाबाहेक सबै आर्थिक गतिविधि स्थगित गरिएका थिए ।साथै विश्वका सबैजसो मुलुकको आर्थिक स्थिति कमजोर भएकाले पनि बाह्य मागमा व्यापक गिरावट आएको मन्त्रालयले जनाएको छ ।

 

विश्व अर्थतन्त्र मापनको सुइरोको रुपमा रहेको सिंगापुरको पछिल्लो आर्थिक परिदृश्यले कोविड–१९ का कारण विश्वको अर्थतन्त्रमा निकै ठूलो असर परेको देखिने विज्ञहरुको भनाइ छ ।

एक सातामा ४२ चार्टर्ड उडान हुँदै, नेपाल एयरलाइन्सले मात्र २४ उडान गर्ने Read Previous

एक सातामा ४२ चार्टर्ड उडान हुँदै, नेपाल एयरलाइन्सले मात्र २४ उडान गर्ने

सीजी सिमेन्टको क्षमता १ हजार मेट्रिकटन बढाइँदै, १० बैंकले २ अर्ब ३७ करोड ऋण दिने Read Next

सीजी सिमेन्टको क्षमता १ हजार मेट्रिकटन बढाइँदै, १० बैंकले २ अर्ब ३७ करोड ऋण दिने