सुनको भाउ अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ ।

 

सुनको भाउ बुधबार प्रतितोला ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ३६० रुपैयाँ पुगेको छ।

 

यसअघि असार २५ गते बिहीबार सबैभन्दा बढी ९२ हजार ४०० रुपैयाँमा सुन खरिदबिक्री भएको थियो ।

 

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ रुपैयाँ पुगेको छ। चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च हो ।

 

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण लगानीकर्ताको आकर्षण सुनमा बढ्दा यस धातु सर्वसाधारणको पहुँचभन्दा बाहिर पुगेको छ। साथै पछिल्लो समय डलरको भाउ आकाशिएसँगै सुनको भाउ पनि बढ्न पुगेको छ ।

सलहको भाउ बढाउने प्रतिस्पर्धा, केन्द्र सरकारले प्रतिकिलो ५०० दिने Read Previous

सलहको भाउ बढाउने प्रतिस्पर्धा, केन्द्र सरकारले प्रतिकिलो ५०० दिने

एनआइसी एशिया लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, १ कित्ता पनि बेच्ने छैनन् Read Next

एनआइसी एशिया लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, १ कित्ता पनि बेच्ने छैनन्