एनआइसी एशिया लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, १ कित्ता पनि बेच्ने छैनन्

काठमाडौं । एनआइसी एशिया लघुवित्त कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।यो साता दैनिक पोजेटिभ सर्किट लाग्दै आएको कम्पनीको सेयर मूल्यमा आज पनि बजार खुलेको केही बेरमै सर्किट लागेको छ ।

 

करिब ४ लाखभन्दा बढीले आइपीओ भरेको कम्पनीको दोस्रो बजारमा पनि सेयर किन्नेको ओइरो लागेको छ । कम्पनीको ठूलो संख्यामा सेयरको माग भए पनि विक्रीकर्ता भने देखिएका छैनन् ।

 

बजार खुलेको आधा घण्टामै लघुवित्तको साढे २ लाख कित्ताभन्दा बढी सेयर माग भएको छ । तर आगामी दिनमा अझै भाउ बढ्ने अनुमान गरिएकाले कम्पनीको सेयर बेच्ने कोही पनि छैनन् ।

 

मंगलबार ४८४ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य आज बजार खुल्नसाथ करिब १० प्रतिशतले बढेर ५३२ रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब ४५ लाख १० हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आइपीओ निष्काशनपछि १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

 

कम्पनीमा संस्थापकको हिस्सा ६७.८७ प्रतिशत अर्थात १ अर्ब ४५ लाख रुपैयाँ छ भने आइपीओ पश्चात सर्वसाधरणको हिस्सा ३२.१३ प्रतिशत अर्थात ४७ करोड ५५ लाख बराबरको सेयर कायम हुनेछ ।

 

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । यस अवधिमा कम्पनीको जगेडा कोषको आकार २२ करोड ७५ लाख ९ लाख रुपैयाँ छ ।

 

कम्पनीको प्रतिसेयर नेटवर्थ १२२.६४ रुपैयाँ, प्रतिसेयर आम्दानी १९.६१ रुपैयाँ, खराब कर्जा अनुपात ०.३२ प्रतिशत, लगानीमा प्रतिफल १८.०३ प्रतिशत रहेको छ।

सुनको भाउ अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको Read Previous

सुनको भाउ अहिलेसम्मकै महँगो, कति पुग्यो तोलाको

धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टिनमा, थप कामदार ल्याइए Read Next

धरहरा पुनःनिर्माणका कामदार क्वारेन्टिनमा, थप कामदार ल्याइए