कोरियामा नेपाली श्रमिकको तलब बढ्यो, प्रतिघण्टा कति पाउँछन्

काठमाडौं । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।

 

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो ।

 

निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वन पुग्ने छ । अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला ८७० पुग्नेछ । महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब १८ लाख २२ हजार ४८० वन लगभग १ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

 

सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ ।

स्मार्ट सिटी निर्माणको फाइल मन्त्रालयमै अड्कियो, क्याबिनेटमा पेश हुन नसक्दा आयोजना अघि बढेन Read Previous

स्मार्ट सिटी निर्माणको फाइल मन्त्रालयमै अड्कियो, क्याबिनेटमा पेश हुन नसक्दा आयोजना अघि बढेन

सलहको भाउ बढाउने प्रतिस्पर्धा, केन्द्र सरकारले प्रतिकिलो ५०० दिने Read Next

सलहको भाउ बढाउने प्रतिस्पर्धा, केन्द्र सरकारले प्रतिकिलो ५०० दिने