काठमाडौं । नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि (आज) काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गरेको छ ।
सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरे पनि पुरानै भाडा लिने गरी बस सञ्चालन गरिएको सुन्दर यातायातले जानकारी दिएको छ ।
यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ । चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालनगरिएको छ ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो ।
उपत्यकामा आइतबारसम्म ट्याक्सी बाहेक अरू सवारीसाधन सञ्चालन भएको थिएन । सोमबार मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले बस सञ्चालन थालिसकेका छन् ।