डिशहोमले २३ लाख ८५ हजार कित्ता आइपीओ निष्काशन गर्ने

काठमाडौं । टेलिभिजन सेवा प्रदायक कम्पनी डिशहोमले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २३ लाख ८५ हजार ९२९ कित्ता अर्थात २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आइपीओ निष्काशनका लागि आवेदन दिएको हो।

 

कम्पनीले यसअघि नै ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकिसकेको छ ।

 

कम्पनीले हाल जारी चुक्ता पूँजीको १०.६०४ प्रतिशतका दरले आइपीओ जारी गर्न लागेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको छ भने आइपीओ निष्काशनपछि २ अर्ब २५ करोड रुपैया पुग्नेछ ।

 

गत आर्थिक वर्षमा २९ करोड २७ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ३३ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

साधना लघुवित्तको आइपीओ बाँडफाँट, ३ लाख ८१ हजारको हात रित्तो Read Previous

साधना लघुवित्तको आइपीओ बाँडफाँट, ३ लाख ८१ हजारको हात रित्तो

सुन्दर यातायातले पनि चलायो बस, पुरानै भाडा लिने Read Next

सुन्दर यातायातले पनि चलायो बस, पुरानै भाडा लिने