साधना लघुवित्तको आइपीओ बाँडफाँट, ३ लाख ८१ हजारको हात रित्तो

काठमाडौं । साधना लघुवित्तले जारी गरेको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

 

ग्लोबल आइएमई क्यापिटलमा आज गरिएको बाँडफाँटमा ६६ हजार १५२ जना आवेदकले मात्र १० कित्ताका दरले सेयर पाएका छन् । यो कुल आवेदकको १५ प्रतिशत मात्र हो ।

 

लघुवित्तको आइपीओमा आवेदन दिएका ८५ प्रतिशत अर्थात ३ लाख ८१ हजार ६७७ जना लगानीकर्ताको हात रित्तो भएको छ ।

 

केही समय अघि आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्ती गरेर एकीकृत कारोबार थालेको लघुवित्तले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा कुल ४ लाख ४८ हजार ६४० जनाले आवेदन थिएका थिए ।

 

निष्काशित आइपीओमध्ये १० हजार ८९० कित्ता कम्पनीका कर्मचारी र ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणमा ६ लाख ६१ हजार ५२० कित्ता जारी गरिएको थियो ।

 

७५३ स्थानीय तहलाई पुनर्कर्जा दिने राष्ट्र बैंकको तयारी Read Previous

७५३ स्थानीय तहलाई पुनर्कर्जा दिने राष्ट्र बैंकको तयारी

डिशहोमले २३ लाख ८५ हजार कित्ता आइपीओ निष्काशन गर्ने Read Next

डिशहोमले २३ लाख ८५ हजार कित्ता आइपीओ निष्काशन गर्ने