असार ३१ देखि खाडी मुलुकबाट नेपाली ल्याउन ४० चार्टर्ड उडान गरिँदै

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले असार ३१ देखि उद्धार उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

 

विमानस्थल र होल्डिङ सेन्टरको सरसफाइका लागि सोमबार र मंगलबार विदेशबाट चार्टर्ड उडान रोकिएपछि खाडी मुलुकबाट हुने ४० बढी उडानको तालिका सार्वजनिक गरेको हो ।

 

यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो बैठकले विदेशबाट नेपालीको उद्धारका लागि उडान एकसाताका लागि थप्ने निर्णय गरिसकेको छ।

 

सरकारले स्वदेश फर्काउन सुरु गरेदेखि असार २७ गतेसम्मको अवधिमा २६ हजार ३९६ जना स्वदेश फर्किएका छन् ।

 

तालिकाअनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुवेत, कतार, बहराइन र मलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिनेछ।

 

कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि स्वदेश ल्याउन थालिएको थियो।

 

सीसीएमसीले नेपाल वायुसेवा निगमले १६, हिमालय एयरलायन्सले १६, एयर अरेबियाले २, फ्लाई–दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान गर्ने अनुमति दिएको छ।

वैदेशिक सहायतालाई पारदर्शी र प्रभावकारी बनाउने प्रयासमा सरकार Read Previous

वैदेशिक सहायतालाई पारदर्शी र प्रभावकारी बनाउने प्रयासमा सरकार

१ वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक, मर्मत गर्न बोलपत्र आह्वान तर परेन आवेदन Read Next

१ वर्ष नपुग्दै भासियो नारायणगढ-मुग्लिन सडक, मर्मत गर्न बोलपत्र आह्वान तर परेन आवेदन