यूएईमा भिसा नवीकरण खुला, हजारौं नेपाली कामदार लाभान्वित हुने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना भाइरस संक्रमणका कारण रोकिएको भिसा नवीकरण प्रक्रिया खुला गरेको छ ।

 

कोरोना संक्रमण घट्दै गएपछि यूएई सरकारले जुलाई १२ देखि लागू हुने गरी आवासीय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नवीकरण खुला गरेको हो ।

 

भिसा र वर्क परमिटको समय सकिएका कामदारहरुले आगामी सेप्टेम्बरसम्म भिसा नवीकरण गर्न पाउने यूएई सरकारले जानकारी दिएको छ ।

 

यो निर्णयबाट यूएईमा भिसा अवधि सकेर बसेका नेपाली लगायत हजारौं कामदार लाभान्वित हुने भएका छन् । भिसा सकिएका केही विदेशी कामदार यसअघि नै स्वदेश फर्केका छन् ।

काठमाडौंमा ६ सहित थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो Read Previous

काठमाडौंमा ६ सहित थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

१ महिनामा चार्टर्ड उडानमार्फत २६ हजारभन्दा बढी स्वदेश फर्किए Read Next

१ महिनामा चार्टर्ड उडानमार्फत २६ हजारभन्दा बढी स्वदेश फर्किए