काठमाडौंमा ६ सहित थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा ६ सहित देशका विभिन्न जिल्लामा थप ८२ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ५ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १४७ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई ८ हजार ५८९ जना घर फर्केका छन् ।

 

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३८ जनाको पुगेको छ ।

भारतबाट सलहको नयाँ झुण्ड नेपाल प्रवेश Read Previous

भारतबाट सलहको नयाँ झुण्ड नेपाल प्रवेश

यूएईमा भिसा नवीकरण खुला, हजारौं नेपाली कामदार लाभान्वित हुने Read Next

यूएईमा भिसा नवीकरण खुला, हजारौं नेपाली कामदार लाभान्वित हुने