भारतबाट सलहको नयाँ झुण्ड नेपाल प्रवेश

काठमाडौं । दाङमा आज बिहान सलहको एउटा झुण्ड देखिएको छ । सो झुण्ड पानीको प्रभावका कारण त्यहाँ नबसी १ बजेतिर पूर्व उत्तरतर्फ लागेको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन  केन्द्रले जनाएको छ ।

 

सो झुण्ड अब अर्घाखाँची, पिण्ठान तिर लागेकाले सबैतिर सतर्कका लागि जानकारी गरिएको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए ।

 

उनका अनुसार हाल अर्घाखाँचीतिर पनि बादल लागिरहेको छ । सक्दो त्यो झुण्डलाई धुँवा तथा आवाजको माध्यमबाट उडाएर भगाउने तर्फ लाग्न सबैलाई सुसूचित गरिएको उनले बताए ।

 

‘बालीमा बस्यो भने नोक्सानी गर्न सक्छ, त्यसैले नोक्सानी नगर्योस भनेर त्यसलाई बालीमै बस्न नदिन धुँवा र आवाजको प्रयोग गर्न भनेका छौँ,’ सुवेदीले चाणक्य पोष्टसँग भने, ‘त्यो झुण्डलाई बालिमा बस्न नदिई जंगल तिर पठाउन सक्यो भने कुनै नोक्सानी भोग्नु पर्ने थिएन, प्रदेशबाट स्थानीय तह, गाउपालीका सबै तिर जानकारी पठाइएको छ ।’

 

मौसम राम्रो नभएकाले वर्षा भइहाले त्यो झुण्ड त्यहाँ बास बस्न नसक्ने अनुमान गरिएको छ । बस्न खोजेमा त्यसका सतर्कताका लागि सबैतिर जानकारी पुर्याइएको उनले बताए । एक साता अघिबाट आफै मर्न थालेका सलह फेरी एकासि हावाको बाहार परिवर्तन हुन थालेपछि देखिन थालेका हुन् ।

 

एक दिन अगाडि मात्र केन्द्रले हावाको बहावसँगै स्थान परिवर्तन गर्ने सलह हाल भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासका क्षेत्रमा रहेको जानकारी दिएको थियो । ती क्षेत्रमा २ वटा सलहका झुण्डहरु करिब १५० हेक्टर क्षेत्रफलमा फैलिएको थियो ।

 

यी झुण्डहरु हावाको बहावसँगै पूर्वतर्फ वाराणसी हुँदै मुजफरपुर र दरभंगाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही क्षेत्रबाट नेपालतर्फ समेत प्रवेश गर्न सक्ने अनुमान गरिएको थियो ।

 

यसैगरी राजस्थानका विभिन्न स्थानमा ठूलो संख्यामा रहेका झूण्डहरु पनि दक्षिण पश्चिमी वायुसँगै नयाँ दिल्ली आसपासका क्षेत्रहुँदै उत्तर प्रदेशका मुरादावाद, बरेली तथा शाहजहाँपुर तर्फ अगाडि बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।

 

पानी परेको बेलामा र रातिको समयमा स्थानान्तरण नगर्ने भएता पनि उक्त झुण्डहरु धनुषा, महोत्ती, सर्लाही र आसपासका क्षेत्रमा १ देखि २ दिनमा पुग्न सक्छन् । सुदुर पश्चिम प्रदेशमा दक्षिण तथा पश्चिमबाट तथा प्रदेश ५ का दक्षिण पश्चिमका भूभागहरुबाट २ देखि ३ दिनमा सलह नेपाल प्रवेश गर्ने अनुमान गरिएको थियो ।

आगामी वर्षको सुरुवातसम्म बेलायतभर कोरोनाको खोप उपलब्ध हुने Read Previous

आगामी वर्षको सुरुवातसम्म बेलायतभर कोरोनाको खोप उपलब्ध हुने

काठमाडौंमा ६ सहित थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो Read Next

काठमाडौंमा ६ सहित थप ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो