अमेरिकामा पनि टिकटकमा प्रतिबन्ध, आमेजनले कर्मचारीलाई सेलफोनबाट टिकटक हटाउन भन्यो

आमेजोन कम्पनीले आफ्ना कर्मचारीलाई ‘सुरक्षा जोखिम’ भएको कारण देखाउँदै आ-आफ्नो सेलफोनबाट टिकटक हटाउन अनुरोध गरेको न्युयोर्क टाइम्सले जानकारी दिएको छ ।

 

भारतले टिकटक र युसी ब्राउजरलगायत ५९ ओटा चिनियाँ एप्सहरु प्रतिबन्ध लगाएको केही दिनपछि आमेजोन कम्पनीमा यस्तो निर्णय आएको हो । सार्वभौमिकता, अखण्डता र प्रतिरक्षाको लागि यो निर्णय गरिएको न्युयोर्क टाइम्सले प्राप्त गरेको इमेलमा बताइएको छ ।

 

कर्मचारीहरूले आमेजोन ईमेल पहुँच रहेको कुनै पनि उपकरणहरूबाट एप्पहरु मेटाउनुपर्ने आमेजोनका अधिकारीहरूले जनाएका छन् । कर्मचारीले आफ्नो आमेजोन कम्पनीबाट ईमेल प्राप्त गर्ने प्रयोजनका लागि शुक्रवारसम्म टिकटक एप्पस् हटाउनपर्ने अधिकारीहरु जानकारी दिएका छन् । यद्यपि आमेजोनका कर्मचारीहरूलाई उनीहरूको ल्यापटप ब्राउजरबाट अझै टिकटक हेर्न अनुमति छ ।

 

ह्वाइट हाउसले टिकटकलगायत चिनियाँ सामाजिक सञ्जालका एप्स् प्रतिबन्ध लगाएको यसअघि नै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पुष्टि गरेका थिए । एजेन्सी

अरुण तेस्रोले निर्माण व्यवसायीलाई भुक्तानी नदिएको गुनासो, २ करोड भुक्तानी गर्न बाँकी Read Previous

अरुण तेस्रोले निर्माण व्यवसायीलाई भुक्तानी नदिएको गुनासो, २ करोड भुक्तानी गर्न बाँकी

‘डिशहोममा डिलर दाइको डिस्काउण्ट’ योजना अन्तर्गत लक्की ड्र सम्पन्न Read Next

‘डिशहोममा डिलर दाइको डिस्काउण्ट’ योजना अन्तर्गत लक्की ड्र सम्पन्न