निगमले फेरि बढायो डिजेल, पेट्रोल र मट्टीतेलको भाउ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गतहप्ता मात्रै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले १० दिन नबित्दै पुनः मूल्य वृद्धि गरेको हो ।

 

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलमा समान १/१ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

 

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पुगेको छ ।

 

निगमले यसअघि असार १७ गतेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर ५, डिजेल र मट्टितेलको मूल्यमा समान २(२ रुपैयाँले वृद्धि गरेको थियो ।

 

खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सले मात्र दियो निवेदन Read Previous

अन्तर्राष्ट्रिय उडान इजाजतका लागि यती एयरलाइन्सले मात्र दियो निवेदन

पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ, २३१ रोपनी जग्गा नै गायब Read Next

पशुपतिको ५३४ रोपनी जग्गामा व्यक्तिको रजाइँ, २३१ रोपनी जग्गा नै गायब