बाढीले म्याग्दीमा बेलिब्रिज बगायो, मनाङसँग सडक सञ्जाल विच्छेद

काठमाडौं । बिहीबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गाको पुल बगाएको छ ।

 

शुक्रबार बिहान आएको भीषण बाढीले म्याग्दीको राहुघाटस्थित रघुगंगा नदीमाथिको बेलिब्रिज बगाएको हो। पुल बगाएसँगै हिमाल पारीको जिल्ला मनाङसँगको सडक सञ्चाल विच्छेद भएको छ ।

 

मोटरेबल पुल बगाएपछि म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिकासहित मुस्ताङ जिल्ला पुग्ने सडक मार्ग बन्द भएको हो।सडकमार्ग बन्द हुँदा अत्यावश्यक सेवाका सवारीसाधन समेत ठप्प भएका छन् ।

 

कोरोना जोखिमका कारण आन्तरिक हवाई उडान बन्द रहेको र बाढीले पुल नै बगाएपछि आवागमनमा समस्या भएको छ।

साढे १० अर्ब लगानीमा नेपालमै कार बनाउने मोट्रेक्सको योजना कहाँ पुग्यो Read Previous

साढे १० अर्ब लगानीमा नेपालमै कार बनाउने मोट्रेक्सको योजना कहाँ पुग्यो

बाढीका कारण दर्जनबढी हाइड्रोपावरमा क्षति, ५०० मेगावाट विद्युत् उत्पादन बन्द Read Next

बाढीका कारण दर्जनबढी हाइड्रोपावरमा क्षति, ५०० मेगावाट विद्युत् उत्पादन बन्द