अब शनिबार पनि बैंकका शाखा खोल्नु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार पनि राजश्व संकलन गर्ने शाखा सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

राष्ट्र बैंक नियमन विभागले एक सूचना जारी गर्दै सरकारको राजश्व बुझाउने प्रयोजनाका लागि शनिबार तथा सार्वजनिक बिदाका दिनमा समेत बैंकका शाखा खोल्न निर्देशन दिएको हो ।

 

राष्ट्र बैंकको यो निर्देशनसँगै बैंकका राजश्व संकलन गर्ने शाखा असार २७ गते शनिबार समेत खोल्नुपर्ने भएको छ । साथै, राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस पनि पूर्णकालीन रुपमा खुला राख्न निर्देशन दिएको छ ।

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध Read Previous

पहिरोले भीमफेदी-कुलेखानी सडक अवरुद्ध

साढे १० अर्ब लगानीमा नेपालमै कार बनाउने मोट्रेक्सको योजना कहाँ पुग्यो Read Next

साढे १० अर्ब लगानीमा नेपालमै कार बनाउने मोट्रेक्सको योजना कहाँ पुग्यो