बाढीले मध्यभोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति
चाणक्य पोष्ट
प्रकाशित : 11:04 am, बिहीबार, असार २५, २०७७

काठमाडौं । भोटेकोशी नदीमा गएराति आएको बाढीले सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुर्याएको छ ।

गएराति आएको भीषण बाढीले आयोजनाका मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बगाउँदा अर्बौ क्षति भएको आयोजनाले जनाएको छ । साथै बाढीले आयोजनाका निर्माणधीन केही संरचनामा समेत नोक्सान पुर्याएको छ ।

 

बाढीले आयोजनाको पावर हाउसमा पनि पनि आंशिक क्षति पुर्याएको छ । अहिले घटनास्थलमा क्षतिको विवरण संकलन भइरहेकाले पूर्ण विवरण आउन बाँकी रहेको छ ।

 

बाढीले आयोजनामा काम गर्ने एकजना चिनियाँ प्राविधिक समेत बेपत्ता भएको जनाइएको छ ।