ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन यातायात मन्त्रालयलाई निर्देशन

काठमाडौैं । संघीय संसदको विकास तथा प्रविधि समितिले स्वास्थ्य मापदण्ड पूरा गर्दै ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

समितिको आज बसेको बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड १९ क्राइसिस मेनेजमेन्ट कमिटीले तयार पारेको मापदण्डहरु पूरा गरी लकडाउनकै अवधिमा ट्याक्सी गुडाउन व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

 

समितिकी सभापति कल्याणी खड्काले ट्याक्सी सञ्चालक मजदूरहरुको दैनिकी चलाउन धौधौ परेको र आत्महत्यासम्मका घटरना देखापरेको भन्दै ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।

 

यस्तै सार्वजनिक सवारी सञ्चालनका विषयमा भने फेरि असार २५ गते समितिको अर्को बैठक बस्ने छ ।

सेयर बजारमा करेक्शन, कारोबार रकम भने उत्साहजनक Read Previous

सेयर बजारमा करेक्शन, कारोबार रकम भने उत्साहजनक

काठमाडौंमा २३ सहित थप २५५ जनामा कोरोना पुष्टि, ५ जिल्ला कोरोना मुक्त Read Next

काठमाडौंमा २३ सहित थप २५५ जनामा कोरोना पुष्टि, ५ जिल्ला कोरोना मुक्त