काठमाडौंमा २३ सहित थप २५५ जनामा कोरोना पुष्टि, ५ जिल्ला कोरोना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्याकामा २३ सहित देशका विभिन्न जिल्लामा थप २५५ जनामा कोरोना पुष्टि भएको हो ।

 

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमण फैलिएकोमा ५ जिल्ला भने कोरोना मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

 

पछिल्लो २४ घण्टामा थप २५३ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई ७ हजार ७५२ जना घर फर्केका छन् ।

 

हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या ३५जनाको पुगेको छ ।

ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन यातायात मन्त्रालयलाई निर्देशन Read Previous

ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउन यातायात मन्त्रालयलाई निर्देशन

कोभिड मिथ : कोरोना भाइरस बारे समुदायमा व्याप्त १३ भ्रामक जानकारीको चिरफार Read Next

कोभिड मिथ : कोरोना भाइरस बारे समुदायमा व्याप्त १३ भ्रामक जानकारीको चिरफार